इलामको सुर्याेदय नगरपालिका–६ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्योदय नगरपालिका–८ का १९ बर्षीय मिक कुमार तामाङ र २३ बर्षीय सेवन गुरुङ रहेका छन । कात्तिक १ गते अपरान्ह ३ बजे प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा शरिरमा लुकाई राखेको अवस्थामा ७७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ ।







