Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

२० वटा ग्यारेन्टी र ८२ वटा माइलस्टोन सहितको घोषणापत्र एमालेद्वारा सार्वजनिक

देश र जनताको हित र सेवामा समर्पित बन्ने ऐमालेको दाबी

खबरबिट by खबरबिट
01/11/2022
in समाचार
0
२० वटा ग्यारेन्टी र ८२ वटा माइलस्टोन सहितको घोषणापत्र एमालेद्वारा सार्वजनिक
70
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेले आगामी पाँच वर्षमा गर्ने महत्वाकांक्षी योजना समेटिएको घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ । घोषणापत्रमार्फत एमालेले ५ वर्षमा गरिछाड्ने २० काम स्पष्ट पारेको छ । यस्तै कामका ३० क्षेत्र र २४७ प्राथमिकता पनि छुट्याएको छ । अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको बताइएको छ ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

नेकपा एमालेले सुशासन, विकास, समृद्धि र समानता कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ । ३० वटा कार्यक्रम र अल्लिो पटकको ४१ महिनाको अवधि रहेको नेकपा (एमाले)को सरकारले गरेको प्रमुख कामका रुपमा दृश्टान्त सहितका ८२ वटा माइलस्टोन पनि घोषणापत्रमा समावेश गरिएको नेकपा (एमाले)ले जनाएको छ । ५ बर्षको घोषणापत्र एमालेका लागि ५ बर्षिय मार्गनिर्देशक हुने एमालेको दाबी छ ।

मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले अब बन्ने आफ्नो नेतृत्वको सरकार देश र जनताको हित र सेवामा समर्पित हुने भन्दै सुशासन र शान्ति सुरक्षालाई सुदृढ बनाउने दावी गरेको छ । नेपालभित्रको जुनसुकै भौगोलिक क्षेत्रमा बसोवास गर्ने नेपालीलाई राज्यले उपलब्ध गराउने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीसाधन दर्ता र सवारी चालक अनुमतिपत्र, घरजग्गा लगायतका सम्पत्तिको खरिद बिक्री कर, विद्युत, खानेपानी लगायतका सरकारी शुल्क तथा कर बुझाउने र स्वास्थ्य तथा कृषि प्राविधिक लगायतका सेवाहरू अनलाइन प्रणालीबाट उपलब्ध गराइने एमालेले जनाएको छ ।

‘सार्वजनिक कार्यालयबाट सम्मानजनक व्यवहार र निष्पक्ष सेवा शीघ्र उपलब्ध गराइनेछ । राज्यका सम्पूर्ण संयन्त्रलाई देश र जनताको सेवा गर्ने कर्तव्य पुरा गर्न केन्द्रित गरिनेछ । सरकारको प्रभावकारिता वृद्धि गर्ने र राष्ट्रिय जीवनका सबै क्षेत्रमा सुव्यवस्था र सुशासन कायम गरिनेछ’, एमालेले भनेको छ ।

कार्यसम्पादन र योग्यता प्रणालीलाई सार्वजनिक प्रशासन सञ्चालनको आधार बनाउने जनाएको एमालेले राष्ट्रसेवकहरूलाई सम्मानजनक जीवन निर्वाहका लागि आवश्यक पारिश्रमिक तथा सुविधा उपलब्ध गराउने जनाएको छ । नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूको क्षमता विकास गरिने घोषणापत्र बनाएको एमालेले स्रोत, साधन र आधुनिक सुरक्षा सामग्रीहरूको व्यवस्था मिलाउँदै सुरक्षा निकायहरूलाई दक्ष, व्यावसायिक र उच्च मनोबलयुक्त बनाइने दावी गरेको छ ।

त्यस्तै एमालेले सङ्घीयता कार्यान्वयनको अनुभव समेतका आधारमा निजामती सेवालगायत सम्पूर्ण सार्वजनिक क्षेत्रको पुनरावलोकन गरी सार्वजनिक क्षेत्रमा रूपान्तरणकारी सुधार गर्ने प्रतिवद्धता जनाएको छ । ‘समृद्ध नेपालका लागि प्रभावकारी सार्वजनिक सेवा’ लाई प्रशासन सुधारको मूल आदर्श मानिनेछ’, एमालेले भनेको छ, ‘नेपाल सरकारका सङ्घीय तथा प्रदेश सरकारका मन्त्रीहरूको कार्यसम्पादनको सार्वजनिक परीक्षण गर्ने व्यवस्था प्रारम्भ गरिनेछ । यस परीक्षणको पृष्ठपोषणका आधारमा मन्त्रीहरूको निरन्तरता र जिम्मेवारी हेरफेरको निधो गर्ने प्रचलनको विकास गरिनेछ ।’

त्यस्तै अख्तियारको दुरुपयोग, राष्ट्रिय तथा सरकारी स्रोत साधनको दोहन र भ्रष्टाचारप्रति निर्मम, कठोर र शून्य सहनशीलताको नीति अपनाइने जनाएको छ । एमालेले सरकारी सम्पत्तिको दुरुपयोग र अपचलन गर्ने जुनसुकै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताएको छ ।

‘भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानुनी कारबाही अगाडि बढाइने छ । भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गरिनेछ’, एमालेको भनाइ छ ।

सरकारी जग्गा अतिक्रमण गर्नेहरुविरुद्ध छानबिन अनुसन्धान तदारुकताका साथ अगाडि बढाउने जनाएको एमालेले दोषीलाई कानुन बमोजिम दण्डित गरिने उल्लेख गरेको छ । त्यस्तै नेपाल ट्रस्ट र सरकारको नाममा रहेको जमिन र सम्पत्ति सरकारको स्वामित्वमा ल्याउने घोषणा गरेको छ ।

Tags: Bannerघाेषाणापत्रनेकपा एमाले

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
सुरक्षाकर्मी बाहेक करिब दुई लाख ४६ हजार जनशक्ति परिचालन गदै निर्वाचन आयोग (निर्देशिकासहित)

सुरक्षाकर्मी बाहेक करिब दुई लाख ४६ हजार जनशक्ति परिचालन गदै निर्वाचन आयोग (निर्देशिकासहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.