मोरङ्गको बढीगंगा गाउँपालिका–२ मा मंगलबार करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
बिराटनगर–६ बस्ने ३० बर्षीय राम मण्डलको बेलुका घर निर्माणका लागि बाँस काट्ने क्रममा बिधुतिय तारमा छुएको कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ ।
बाँसले बिधुतको हाईटेन्सन तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मण्डलको बिराट मेडिकल कलेज गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।