ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
कार्तिक २७ गते बिहान साढे ६ बजको समयमा खोक्सेबाट सुकेटारतर्फ जादै गरेको प्रदेश १–०२–००३ ह ३९०० नम्वरको अटो टेम्पो अनियन्त्रित भएर सडकबाट तल झरेर दुर्घटना भएको थियाे ।
दुर्घटनामा टेम्पोमा सवार रहेका याङबरक गाउँपालिका–१ का ७५ बर्षीय धन बहादुर गुरुङ र उनकै नाति ११ बर्षीय इशान गुरुङको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा सवारी चालक गंगाराम राई घाइते भएका छन् ।
दुर्घटनाबाट घाईते भएका चालक गंगा राम राईको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण हालसम्म पत्ता लागेको छैन ।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गले जनाएको छ ।