सुनसरी । इनरुवा नगरपालिकाको कार्यालयबाट प्रदान गरिदै आएका सेवाहरु मंसिर ४ गते सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार अत्यावसेक सेवा बाहेकका अन्य सेवा प्रवाहमा प्रभावित हुन सक्ने भन्दै नगरपालिकाले सुचना जारी गरेको छ ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नगरका अधिकांस कर्मचारीहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खटाइएकाले नगरपालिकाका सेवा प्रभावित हुने भएको नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख छ ।
सेवाहरु कार्तिक २९ गतेदेखि मंसिर ५ गतेसम्म अत्यावसेक सेवाहरु बाहेकका सेवाहरु प्रभावित हुने नगरपालिकाले जनाएको छ ।