नेकपा एमालेले प्रदेश १ को प्रदेशसभामा हिक्मत कुमार कार्कीलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता छानेको छ ।
आज १ बजेदेखि विराटनगरमा बसेको एमालेको बैठकले कार्कीलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।
यसअघि तीलकुमार मेन्याङ्बोको पनि नाम आएको थियो । तर, उनै मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की संसदीय दलको नेता चुनिएका हुन् ।
शेरधन राई मुख्यमन्त्री हुँदा कार्की प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए ।