भोजपुरको हतुवागढी गाउँपालिका १ को जोगीखेत भन्ने ठाउमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधवार दिउँसो नागथानबाट हर्का तर्फ जाँदै गरेको को १ त ९०४२ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भई ट्याक्टरले चालकलाई किच्दा चालक हतुवागढी गाउँपालिका ६ का २२ बर्षीय बलराम बि.क.को घटनास्थलमा नै मृत्यु भएको छ । घटना सम्बन्धि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आगलागिमा परेर ५ बर्षीय बालिकाको मृत्यु
भोजपुरको हतुवागढी गाउँपालिका–५ स्थितमा शन्तबहादुर...