Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

प्रथम राजाबास गोल्डकपको उपाधि टिडब्लुवाइसीलाई

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
07/11/2019
in खेलकुद
0
प्रथम राजाबास गोल्डकपको उपाधि टिडब्लुवाइसीलाई
126
SHARES
396
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्रको राजाबासमा जारी प्रदेश १ स्तरीय प्रथम राजाबास गोल्डकप फुटबल प्रतियोगिताको उपाधि टिडब्लुवाइसी विराटनगरले पाएको छ ।

बिहीबार भएको फाइनल खेलमा कल्चरल ग्रिन क्लब चक्रघटीलाई २-० गोल अन्तरले हराउँदै टिडब्लुवाइसीले गोल्डकपको उपाधि जितेको हो ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

खेलको आठौं मिनेटमा टिडब्लुवाइसीका भुवन बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ३१औं मिनेटमा टिडब्लुवाइसीका पुजन उपरकोटीले गोल गरे । उनको सो गोल ने निर्णायक बन्यो । यता ३ जना बिदेशी खेलाडी र एडिभिजनका खेलाडी समावेश गरेको कल्चरलले आधा दर्जन भन्दा धेरै गोल गर्ने अवसर गुमायो ।

खेलको म्यान अफ दि म्याच कल्चरल ग्रिन क्लबका बिदेशी खेलाडी ओगेल इनामे घोषित भए । टिडब्लुवाइसीका गोलरक्षक पुर्ण चेम्जोङ उत्कृष्ट गोलरक्षक घोषित भए । कल्चरलका भूषण सुब्बा बेस्ट डिफेन्स, टिडब्लुवाइसीका असिम राई बेस्ट मिङ फिल्ड, राजाबास युथ क्लबका बिमल राई राइजिङ प्लेयर्स घोषित भए । उनीहरु सबैले नगद ४ हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै टिडब्लुवाइसीका भुवन बस्नेत हाई स्कोर घोषित हुँदै ५ हजार प्राप्त गरे । उनले प्रतियोगिता अवधिभरी ४ गोल गरेका थिए । त्यसैगरी टिडब्लुवाइसीका मिलन राई बेस्ट प्लेयर अफ टुर्नामेट घोषित हुँदै ७ हजार रुपैयाँ प्राप्त गरे ।

गोल्डकपको बिजेता टिडब्लुवाइसी विराटनगरले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । त्यसैगरी उपबिजेता कल्चरल ग्रिन क्लब चक्रघटिले ५० हजार ५ सय ५५ रुपैयाँमा, मेडल, ट्र्फि र प्रमाणपत्र प्राप्त गर्यो ।

आयोजक राजाबस युथ क्लबका अध्यक्ष विशाल राईको सभापतित्व रहेको कार्यक्रममा बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनालको प्रमुख अतिथि थिए । नगरपालिकाकी उपमेयर कमला मगर विशेष आतिथ्यता तथा खेलकुद संयोजक आसाराम चौधरी, वडा नम्बर ९ वडा अध्यक्ष दिपक लिम्बू लगायत अन्य वडाध्यक्ष , राजनीतिकर्मी, समाजसेवी, संघसंस्थाका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको विशेष सहयोग गरेको थियो । भरत बिष्टले प्रायोजन गरेको सो प्रतियोगितालाई बराहक्षेत्र नगरपालिकाको कार्यालयले संयोजक गरेको थियो ।

वडा ९ को समेत विशेष सहयोग रहेको सो गोल्डकप १४ कात्तिकमा सुरु भएको थियो । बराहक्षेत्र नगरपालिका वडा ९ राजाबास स्थित सरस्वती माबिको खेलमैदानमा सञ्चालन भएको गोल्डकपमा ८ टिम सहभागी थिए ।

Tags: खेलकुदफुटबलराजाबास गोल्डकप

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
बराहक्षेत्रमा आगलागी, एकघर नस्ट

बराहक्षेत्रमा आगलागी, एकघर नस्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.