रामधुनी । रामधुनी नगरपालिका भरी रहेका निजी तथा आवासिय विद्यालयहरुको संस्था रामधुनी नगर प्याब्सनको आयोजनामा आइतबार खेलकुद सप्ताह सुरु भएको छ ।
रामधुनी नगरपालिका वडा नम्बर ३ मा रहेको पिप्राहा फिल्डमा आइतबार रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीले खेलकुद सप्ताहको शुभारम्भ गरेका छन् । सुनसरी प्याब्सनका अध्यक्ष अनुप योन्जन, उपाध्यक्ष रमेश कार्की, इलाका प्रहरी कार्यलय पकलीका प्रहरी निरिक्षक गजेन्द्र रायमाझी, समाजसेवी तथा भुतपूर्व सैनिक क्याप्टेन मिठुराज अधिकारीलगायतको उपस्थिती थियो ।
अथिती मिठुलाल अधिकारीले हरेक वर्ष फुटबल खेल सन्चालनका लागि आफ्नो व्यक्ति गत तबरबाट १० हजार रुपैँया प्रदान गर्ने प्रतिवद्धता गरेका थिए ।
नगरप्रमुख शंकरलाल चौधरीले समेत नगरको खेलकुदका लागि नगरपालिकाले समेत सहयोग गर्ने बताए । कार्यक्रममा जिल्ला प्यावसन सुनसरीका उपाध्यक्ष रमेक कार्की, अध्यक्ष अनुप योन्जन, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटनकै अवसरमा रामधुनीका पन्चायन विद्या मन्दिर, हिमाल पव्लिक स्कुल, आरम्भ विद्या मन्दिर, एलईएस स्कुल, नवकिरण स्कुल, माउन्ट समिट स्कुल, रामधुनी ९ को इ इश्विन एकेडेमी लगायतका विद्यालयका विद्यार्थीले मार्च पास गरेका थिए ।
रामधुनी प्याब्सनका उपाध्यक्ष सरोज माझीले स्वागत गरेको कार्यक्रम सचिव हरी रायमाझिले सन्चालन गरेका थिए भने कार्यक्रम नगर प्यावसनका अध्यक्ष अच्युत ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।
यसैगरी आइतबार भएको खेलकुद सप्ताह अन्तर्गतको पहिलो फुटबल प्रतियोगितामा रामधुनी १ को माउन्ट समिट वल्र्ड स्कुलले जित निकालेको छ ।
आरम्भ विद्या मन्दिर र माउन्ट समिट वर्ल्ड स्कुलका बिच भएको खेलमा आरम्भलाई १ को विरुद्ध ३ गोल गर्दै माउन्ट समिटले जित निकालेको हो । खेलकुद सप्ताह अन्तर्गतको भलिबल खेल ९ गते सुरू हुने छ ।