Friday, May 8, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

‘माता’ हुँ भन्दै झारफुककाे बहानामा लाखाैं रूपैयाँ ठगी गर्ने एक महिला पक्राउ

बोक्साबोक्सी आरोप लगाउनेदेखि लाखौं रुपैयाँ ठगी गरेको भन्दै ४ जनाले दिए जाहेरी

खबरबिट by खबरबिट
06/09/2022
in FEATURE, समाचार
0
बुबाको हत्या आरोपमा छोरी पक्राउ
124
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । माताको भेषमा अनुयायीहरुलाई गठेको र कानुनद्वारा बर्जित अपमानजनक रुपमा भेदभाव गरेको आरोपमा आइतबार एक महिला इटहरीबाट पक्राउ परेकी छन् ।

विभिन्न व्यक्तिहरुलाई झारफुकको बहानामा गठी गरेको उजुरी पर्न थालेपछि ४० वर्षीया महिला लक्ष्मी रानामगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले बताए । उनका अनुसार तेह्रथुमको लसुने घर भई ५ वर्षदेखि इटहरी बस्दै आएकी रानामगरले करिब साढे दुई वर्षदेखि ठग्ने गरेकी थिइन् । ‘उनले ठगी गर्ने मात्र होइन, समाजमा विभिन्न व्यक्तिहरुलाई अपमानजन रुपमा बोक्सा बोक्सीको आरोप समेत लगाउने गरेको पाइएको छ,‘ उनले भने ‘समुदायमा विभिन्न भ्रम छर्नेदेखि त्रास उत्पन्न गराई पुजा गर्न पैसा तथा सुन चढाउनुपर्छ भन्दै ठग्ने गरेकी रहिछन् ।’

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

तेह्रथुमको लसुने घर भई इटहरी ४ मा बस्दै आएकी र निरन्तर स्थानीय तथा बाहिरका अनुयायीहरुलाई ठग्ने गरेको र जथाभावी रुपमा आरोप लगाउने गरेको पाइएको खड्काको भनाई छ । रानामगरलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखि अनुसन्धान गरिरहेको उनले बताए ।

यसरी खुल्यो रहस्य
इटहरी ४ की ३४ वर्षीया एक महिलाका श्रीमान् ५ वर्ष वैदेशिक रोजगारी बाट फर्किए । फर्किएलगत्तै आर्थिक हिसाब मागेर मानसिक तनाब दिन थालेपछि उनी दुई छोरी र एक छोरासहित आत्महत्याका लागि हालफान्न शुक्रबार साँझ कोसी तिर गइन् । स्थानीयको सूचनापश्चात प्रहरीको टोलीले उनको उद्धार गर्यो । उद्धारपछि जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याएर प्रहरीले सोधपुछ गर्दा ती महिलाले पैसा र सुन मातालाई चढाएको बताइन् । महिलासहित श्रीमान् इलाका प्रहरी कार्यालय इटहरीमा माताविरुद्ध जाहेरी दिए । त्यस लगत्तै अन्य जाहेरीहरु पर्न थालेपछि उनलाई पक्राउ गरिएको हो ।

हालसम्म चारजनाले दिए जाहेरी
माता भनिने मगरले विभिन्न व्यक्तिहरुलाई अनावश्यक आरोप लगाउने, रोग छ निको पार्न खर्च गर्नुपर्छ भन्दै लाखौं रुपैयाँ लिएको आरोपसहित चार जनाले जाहेरी दिएका छन् । १० लाख रुपैयाँ लिएको, ५० हजार रुपैयाँ गठेको, बोक्सा आरोप लगाएको लगायतका विषयमा उनी विरुद्ध जाहेरी परेको छ । ‘पीडित महिलाका श्रीमान्सहित अहिलेसम्म ४ जनाको जाहेरी परेको छ,’ प्रहरी नायब उपरिक्षक खड्काले भने, ‘समुदायमा धेरैलाई ठग्ने गरेकी रहिछिन् ।’

विभिन्न व्यक्तिहरुलाई बोक्साबोक्सीको आरोप लगाउने गरेको पाइएको प्रहरी नायब उपरिक्षक खड्काले बताए । आत्महत्या प्रयास गर्ने महिलाका श्रीमानले आफू वैदेशिक रोजगारमा हुँदा अपमानजनक रुपमा बोक्साको आरोप लगाएको, छोराको मृत्युहुन्छ भन्दै त्रास देखाएर श्रीमतीबाट सुन, पैसा, बोका चढाउन बाध्य पारेर ठगेको भन्दै जाहेरी दिएका हुन् । समुदायमा अन्य व्यक्तिहरुलाई समेत त्यस्तो आरोप लगाउने गरेको समुदायका व्यक्तिहरुलाई उदृत गर्दै खड्काले बताए ।

अभियुक्त रानामगरलाई हाल भेदभाव तथा अपमानजनक व्यवहार मुद्दा अन्तर्गत अनुसन्धान गरिरहेको खड्काले जनाए । घटनाको प्रकृति अनुसार ठगी कसुर समेत आकर्षित हुन सक्ने उनको भनाई छ ।

Tags: इटहरीठगीपक्राउमाता

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ को छनौट प्रतियोगिता भव्य उद्घाटन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ को छनौट प्रतियोगिता भव्य उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.