रामधुनी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा कोरोना संक्रमित एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको रामधुनी–७ का ३६ वर्षीय युवा छन् । उनको शनिबार राति ९ बजेर १५ मिनेटमा कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोखरेलले जानकारी दिए ।
मृतकलाई असार ३ गते संक्रमण पुष्टि भएको थियो भने ४ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।