धिरेन्द्र कुमार चौधरी, रामधुनी । थारु डान्स स्टार–२को उपाधि सुनिल चौधरी र आशिका चौधरीले जितेका छन् । रामधुनीको झुम्कास्थित कल्पवृक्ष पार्टी प्यालेसमा भएको ग्रान्ड फिनालेमा फाइनल प्रस्तुति दिँदै उनीहरु विजेता बनेका हुन् ।
प्रतियोगीतामा मनेश र बिनिता चौधरी द्वितीय र प्रभा चौधरी तृतीय भएका छन् । बिजेतालाई क्रमशः नगद एक लाख, ५० हजार र २५ हजार रुपैया र सिल्ड प्रदान गरिएको छ । बिजेता टप सात जना आशीष, बिकेस, रिकेस, कृति, पृमा चौधरी, अनु लिम्बू, अनुस राजधामी भएका छन् ।
बिजेताहरुलार्इ मिस नेपाल ईन्टरनेशनल–२०१६ की वर्षा लेखी र चर्चित डान्सर ममता चौधरीले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । थारु डान्स स्टार टप २० जनाबीच प्रस्तिस्पर्धा भएको थियो ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रतियोगीताको उद्घाटन गरेका थिए । उनले पगरी र धोती थारुको मात्र होईन, नेपालीको पोशाक भएका चर्चा गरे ।
नेपालमा बिबिधता भित्र एकता रहेको बताउदै भाषा, सस्कृती संरक्षन र सम्बर्द्धन गर्ने प्रदेश सरकारको नीति रहेको उनले बताए ।

रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, वडाध्यक्ष घनश्याम चौधरी, महेश चौधरी, थारु नेता चन्द्र नारायण चौधरी लगायतको सहभागिता थियोे । गत वर्षको प्रतियोगितामा दुई जना प्रबिन र प्रमानन्द चौधरी प्रथम विजेता बनेका थिए ।

कार्यक्रमको निर्देशक निशान चौधरीले थारु कला उजागर गर्नका लागि गत वर्षदेखि आयोजना गरिएको प्रतियोगितालाई आगामी वर्षमा समेत निरन्तरता दिने जानकारी दिए ।











