सुनसरी । बराहक्षेत्र नगरपालिका ३ नडाहास्थित जनता माविमा शनिबार दुई कविले रचना वाचन गरेका छन् । स्वर्णिम साहित्य समाज्ले आयोजना गरेको स्वर्णिम शब्दकुन्जको दोस्रो श्रृंखलामा कविद्वय तारा पराजुली र मुनाराज शेर्माले कविता सुनाएका हुन् ।
पौषको ठण्डिमा न्यानो कविता नाम दिएको उक्त साहित्यिक कार्यक्रममा मोरङ बेलबारी नगरपालिकी उपप्रमुख समेत रहेकी पराजुलीले मेरो गाउँ, बृद्ध आसममा आशु भ्रममा नपर्नु , हिँउँदाको गीत लगायत शीर्षकका आधादर्जन र कवि शर्माले प्रश्नको प्रेम , हजारौं प्रेमिहरुको आत्माहरुको, म सम्पादकमा, धरानको बुढासुब्बालगायत शीर्षक गरी आधा दर्जन कविता सुनाए ।
दुई कविका कविता चर्चा र वर्तमान साहित्य क्षेत्र तथा अवस्थाको चर्चा कवि मनु मञ्जिलले प्रमुख वक्ताको रुपमा सहजीकरण गरेका थिए ।
समाजका अध्यक्ष प्रकाश दिप्सालीको सभाध्यक्षमा कार्यक्रम सञ्चाल भएको थियो । कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ कवि बम देवन रहेका थिए । कार्यक्रममा लेखक तथा कवि कृष्ण बराल र बराहक्षेत्र ३ का अध्यक्ष रुद्र दाहालको विशेष आतिथ्यता रहेको थिए ।
समाजकी सचिव ज्ञानु राईले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा प्रदेश १ का कवि, लेखक तथा साहित्यकारहरुको सहभागिता रहेको थियो ।