इटहरी । सुनसरीका ४ वटा मतपेटीका मध्येमा विवाद भएर रोकिएको मतगणना राति ८ बजे सुरु हुने भएको छ ।
सुनसरीको क्षेत्र नम्बर २ र ३ मा केही केन्द्रमा प्रदेशसभामा समेत प्रतिनिधि सभाको मत भेटिएपछि मतगणना रोकिएको थियो ।
दुबै क्षेत्रको मतगणना राति ८ बजेबाट हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । दोहोरो मतलाई बदर मानेर गणना गर्ने सर्वदलीय निर्णय र निर्वाचन आयोगको प्रतिक्रिया आएको र सोही अनुसार ८ बजे मतदान सुरू गर्ने सहायक निर्वाचन अधिकृत कल्याण पराजुलीले बताए ।
हाल निर्वाचन क्षेत्र नम्बर १ र ४ मा भने मतगणना भइरहेको छ ।