Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

निर्माण सुरु भएको महिनौँ बित्दासमेत कालोपत्रे नबनेपछि स्थानीयद्वारा बाटाे अवरुद्ध

खबरबिट by खबरबिट
11/12/2022
in समाचार, स्थानीय
0
निर्माण सुरु भएको महिनौँ बित्दासमेत कालोपत्रे नबनेपछि स्थानीयद्वारा बाटाे अवरुद्ध
177
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । इटहरी ८ स्थित सतनमार्गमा सडक निर्माण सुरु भएको महिनौँ बित्दासमेत कालोपत्रे नबनेपछि स्थानीयले बाटो अवरुद्ध गरेका छन्। २७ कात्तिक ०७८ मा निर्माण सुरु भए पनि हालसम्म पूरा नभएपछि आइतबार स्थानीयले सडक अवरुद्ध गरेका हुन्।

बर्खायाममा हिलो र अन्य समयमा समेत धुलोले समस्या गरिरहेपछि पटक-पटक सडक निर्माण सक्न अनुरोध गर्दासमेत ढिलो भइरहेको खगेन्द्र परियारले बताए।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

‘धेरैपटक वडा कार्यालयमार्फत नगरमा समेत ध्यानाकर्षण गराइसकेका छौँ,’ उनले भने, ‘ड्रेनसहित ४० फिट भए पनि करिब २२ फिट कालोपत्रे हुनुपर्ने हो, तर १३ महिना सकिँदा पनि काम भएन।’ उनले सो सडक निर्माण योजनाको सूचना पार्टीसमेत नराखेको बताए।

मुख्य राजमार्गपछि सबैभन्दा बढी व्यस्त हुने सडक भए पनि काम सम्पन्न गर्न ढिलाइ भएको स्थानीय भीम बस्नेत बताउँछन्। सोही सडक अनुगमन समितिका संयोजकसमेत रहेका उनले स्थानीयहरूकै न्यायका लागि सबै मिलेर बाटो अवरुद्ध गरेको बताए।
उनका अनुसार सो सडक निर्माणको जिम्मा गिरी कन्ट्रक्सनले पाएको थियो। इटहरी ८ स्थित विद्युत् प्राधिकरणको कार्यालयदेखि दक्षिण करिब ८ सय मिटर सडक कालोपत्रे बन्नुपर्ने हो।

कुनै पनि निकायले चासो नदेखाएले दबाब दिनका लागि बाटोमा बाँस र स्याउला लगाएर अवरुद्ध गर्न बाध्य भएको बस्नेतको भनाइ छ।

सोही सडकको बीच र आसपासमा इटहरी ८ को कार्यालय, यातायात व्यवस्था विभागको कार्यालय, कम्पनी रजिस्ट्रारको कार्यालय छ। यस कारणसमेत सो सडक व्यस्त हुने गरेको स्थानीयको भनाइ छ।

सडक अवरुद्ध गरेपछि यो ठाउँबाट दैनिक आवत-जावत गर्ने सवारीसाधनका यात्रुले सास्ती खेपेका छन्। अन्य समयमा समेत सो सडकमा मोटरसाइकल र विशेषगरी विद्यालयका बसहरू चल्ने गर्दछन्।

ठेकेदार कम्पनीले फोनसमेत नउठाएपछि पटक-पटक नगरपालिकालाई जानकारी गराए पनि कुनै अग्रसरता नलिएको इटहरी वडा नम्बर ८ का वडाध्यक्ष रोहितकुमार चौधरीले बताए।

कम्पनीले म्याद अवधिमा काम सकेन भने रिटेन्डर हुनुपर्नेमा त्यस्तो नभएको उनको भनाइ छ। उनका अनुसार करिब ८६ लाखमा टेन्डर स्वीकृत भएको थियो। यस विषयमा प्रतिक्रिया लिन ठेकेदार कम्पनीका आधिकारिक व्यक्तिलाई सम्पर्क गर्दा फोन उठेन।

Tags: Bannerइटहरीनिर्माणाकार्य अलपत्रसडक निर्माण

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)

रामधुनीको पहिलो सार्वजनिक सुनुवाई भोली हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.