सुनसरी । इटहरी उपमहानगरपालिकाले पौष मसान्तसम्म तिर्न बाँकी रहेका कर तिर्ने करदाताहरुलाई विशेष छुट दिने निर्णय गरेको हो ।
आज शुक्रबार एक सूचना जारी गर्दै नगरपालिकाले यस्तो घोषणा गरेको हो ।
उक्त छुटमा २०७९ सालको एकीकृत सम्पत्ति, व्यवसाय तथा बाहल करमा नगरपालिकाले १० प्रतिशत छुट दिने निर्णय गरेको छ । त्यस्तै अधिल्लो बर्षहरुका करहरुमा लाग्ने जरिवानाको पूर्ण छुट गरेको छ ।
आर्थिक बर्ष २०७४–०७५ भन्दा अगाडिका व्यवसाय कर साथै २०७५ साउन अगाडिको बहाल करमा पनि पूर्ण रुपमा छुट दिइने उपमहानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सूचनामा उल्लेख भएका छुटहरु पौष मसान्तसम्म चुक्ता गर्दौ छुट सुविधाको फाइदा लिन सम्पूर्ण करदाता नगरबासीहरुलाई उपमहानगरपालिकाले अनुरोध गरेको छ ।