सुनसरी । उच्च ध्वनी प्रदुषण गरी आफुखुसी साइलेन्सर परिवर्तन गर्ने ३२ थान रोयल इन्फिल्डका माेटरसाइकलहरू ट्राफिक प्रहरीले पक्राउ गरी कार्वाही गरेकाे छ ।
आफुखुसी साइलेन्सर परिवर्तन गरी सडकमा ध्वनी प्रदुषण गर्ने रोयल इन्फिल्डका मोटरसाइकललाई इटहरी ट्राफिक प्रहरीले कारवाही गरेको हाे । मोटरसाइकको जथाभावी स्वरुप परिवर्तन गरी सञ्चालन गरेका रोयल इन्फिल्डका मोटरसाईकललाई कारवाही गरेको हो ।
प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यलय इटहरीका डिएसपी श्याम सारु मगरका अनुसार आइतबार मात्रै प्रहरीले ३२ थान मोटरसाइकललाई कारवाही गरेको जानकारी दिए ।
जथाभावी साईलेन्सर परिवर्तन गरी ध्वनी प्रदुषण गराएको प्रहरीको आरोप छ ।