रामधुनी । जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र रामधुनीले रक्तदान कार्यक्रम गर्ने भएको छ ।
फागुन १ गते सोमबार बिहान झुम्कास्थित कालिका मेडिकल हल अगाडि रक्तदान हुने अयोजक माओवादी केन्द्रले जनाएको छ ।
आयोजकको अनुसार रगत अभावको समस्यालाई समाधान गर्नका लागि आयोजना गर्न लागिएको हो । बिहान ८ बजेदेखि हुने सो रक्तदान कार्यक्रममा नगरबासीलाई उपस्थित हुन केन्द्रले अनुरोध समेत गरेको छ ।