Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

बराहक्षेत्रका किसान चिन्तित, खेतमै टुक्रियो धानको बाला

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
17/10/2019
in स्थानीय
0
बराहक्षेत्रका किसान चिन्तित, खेतमै टुक्रियो धानको बाला

फाइल तस्बिर

431
SHARES
691
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीकाे बराहक्षेत्र नगरपालिका वडा ३ विचपानीका किसान मंगलबार बिहान उनीहरुले लगाएको अगुवा धान काट्न हसिँया लिएर जब खेतमा पुगे उनिहरुको होस हवास उड्यो । धानबाली भित्र्याएर गर्जो टार्ने हिसाब छताछुल्ल भयो । खेतमा धानको बोट मात्र देखिन्थ्यो पाकेको बाला यत्रतत्र टुक्रा टुक्रा भएर छरिएको अवस्थामा थियो ।

अहिले धान पाक्ने सिजन सुरु हुने बेला हो । मुठी रोपेर पाथी फलाउन बेलामा धान काट्न नपाउँदै खेतमा फौजी किराको आक्रमणबाट धानको बाला टुक्रा टुक्रा भएको अवस्था देख्नु परेपछि बराहक्षेत्रका किसान चिन्तित हुन पुगेका छन् । बराहक्षेत्र नगरपालिका वडा ३ बिचपानी देखि भित्र शान्ती टोलमा तीर्थबहादुर विश्वकर्मा, यमबहादुर पाण्डे, तिलक श्रेष्ठ, तिलक गजमेर लगायतको धानबाली अहिले धान फौजी किराको प्रकोपले बिनास गरेपछि उनीहरु चिन्तित भएका हुन् ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

‘अगुवा धान काट्न जाँदा धानको बोट मात्र थियो,’ स्थानीय किसान तीर्थबहादुरले भने, ‘बाला सबै टुक्राटुक्रा भएर खेत भरी छरिएको अवस्था थियो ।’ खेतमा लगाएको धानले वर्षभरी हातमुख जोड्ने र घर खर्च व्यहोर्नु पर्ने भरौलका कृषक समूह र सान गजमेर लगायतले बराहक्षेत्र नगरपालिका कृषि शाखामा गएर समस्या राखे ।

कृषि शाखा प्रमुख उपमेयरसहितको टोलीले फौजी किराको प्रकोपले विनाश गरेको धान खेतको अवलोकन समेत गरेको छ । अवलोकनपछि फौजी किराको प्रकोपबाट अरु थप धानबाली बचाउन सल्लाह सुझाव दिनुका साथै कृषि शाखाले केही किटनाशक औषधि समेत प्रदान गरेको छ । कृषि शाखा प्रमुख हरिकुमार खत्रीका अनुसार फौजी किराले दिउँसो धानको गाभामा बस्ने र रात परेपछि निस्कने र धानको बाला काट्ने गर्दछ ।

‘प्रकोप नलाग्नुपथ्र्यो लागी हाल्यो,’ कृषि प्राविधिक निरकुमार राईले भने, ‘अब बाँकी धान बचाउने काम गर्नु जरुरी भएको छ ।’ उनका अनुसार साँझमा फौजी किरा बाहिर आउने भएकाले कृषि शाखाले दिएको औषधि रातको समय लागाउनु पर्ने बताए । फौजी किराको प्रकोपबाट बच्न यो बाहेक अन्य उपाय नदेखिएको समेत उनले बताएका छन् ।

Tags: किसानटुक्रियो धानधानको बालाफौजी किराको आक्रमणबराहक्षेत्रसुनसरी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
चौथो बराह गोल्डकप कात्तिक २ देखि

चौथो बराह गोल्डकप कात्तिक २ देखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.