Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

चक्रघट्टीका सोलार बत्ती : अधिकांश बल्दैनन्, बलेकाबाट उज्यालो आउँदैन

खबरबिट by खबरबिट
19/10/2019
in स्थानीय
0
चक्रघट्टीका सोलार बत्ती : अधिकांश बल्दैनन्, बलेकाबाट उज्यालो आउँदैन
218
SHARES
621
VIEWS
Share on FacebookShare on Twitter
  संगम बिष्ट चतरा 

बराहक्षेत्र । गत वर्षको असारमा नै बराहक्षेत्र नगरपालिकाको केन्द्र चक्रघट्टीमा सोलार बत्ति जडान गरी झलमल बनाउने विषय चर्चामा थियो । त्यसको केही समयपछि चक्रघट्टीबाट बांगे बजारमा सोलर बत्ती जडान भयो । स्थानीय पनि खुसी भए ।

चतरा, प्रकाशपुर, भरौलक्षेत्रका जनताले अब अर्कोवर्ष उनीहरुको ठाउँमा पनि नगरपालीकाले सोलर बत्ति राख्ने आशा गरेका थिए । तर यतिबेला थप सोलार बत्ति जडान गर्ने भन्दा पनि चक्रघट्टीदेखि बाङगेसम्म राखिएको पहिलेकै सोलार बत्ति हटाएर अर्कै जडान गर्ने विषयले जनप्रतिनिधिका कुरामा स्थानियले शंका गर्न थालेका छन् । यतिबेला अधिकांश बत्ति काम नलाग्ने अवस्थामा छन् । ति बत्तीहरुबाट प्रकाश आउँदैन । केहीबाट धिपधिप गरि मधुरो प्रकाश आउँछ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

जडान भयो, उज्यालो भएन
स्थानीयहरुका अनुसार जडान भइसकेका ति सोलारबत्तिले प्रकाश फ्यालेको छैन । ‘नगरपालिकाले घर अगाडि सोलर बत्ती राख्दा ज्यादै खुसी लागेको थियो,’ स्थानीय तुलसी श्रेष्ठले भने, ‘तर बत्ती राखेपछि प्रकाश छैन । नाम मात्रको बत्ति जस्तो छ, उज्यालो छैन ।’ उनले सो सोलार बत्तीहरु प्रकाश बिनाको टुकि जस्तै भएको बताए ।

चक्रघट्टि बसपार्कदेखि महेन्द गेट हुँदै बराहक्षेत्र ७ को बाङ्गेसम्म सोलर बत्ति जडान गरिएको थियो । तर जडान गरिएका बत्तिले जनताका अपेक्षा पूरा गर्न सकेन । नगरले बत्ति जडान गर्ने सप्लायर्सलाई दोष लगाउदै तुरुन्त सोलर बत्ती परिवतन गर्ने भने पनि हालसम्म परिवर्तन हुन सकेको छैन । यता सोलरको बिषयमा बराहक्षेत्र नगरपालिका वडा ६ का अध्यक्ष उद्धब पोखरेल आफै अलमल परेका छन् । नगरपालिकाले लगाएको सोलर भएकाले नगर जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।

पुरा भएन मेयर खनालको प्रतिवद्धता
गत ०७५ साउनमा नै बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले पत्रकारहरुको जिज्ञासामा एक हप्ताभित्र बत्ति फेर्ने प्रतिवद्धता जनाएका थिए । सोलर बत्ति फेर्ने भनि गरेको प्रतिवद्धता गरेको एक वर्ष भइसकेको छ । अझैपनि बत्ति फेरिएको छैन । नगरपालिकाले स्थानीय बजारको सुरक्षाका लागि सोलार बत्ति जडान गरेको हो ।

स्थानीय सरोकारवालाले सोलार उपकरणको गुणस्तर न्यून भएको भन्दै बिरोध जनाएका छन् । सोलर बत्ति जडान गरेकै केही हप्तामा बिग्रन थालेको थियो । सेन्सर प्रविधिको सोलर बत्ति करिब १ महिना अगाडिसम्म धिपधिप गरेर बल्ने गरेपनि यतिबेला निभ्न थालेको छ ।

सोलर बत्तिको १ वर्ष ग्यारेन्टी र २ वर्ष वारेन्टी दिइएको छ । बत्तिको मूल्य प्रति सोलर सेट २५ हजार ५ सय परेको बताइएको छ ।

Tags: बराहक्षेत्रसोलार बत्ती

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
आयोजक बराहक्षेत्र फुटबल क्लब बराह गोल्डकपको सेमिफाइनल प्रवेश

आयोजक बराहक्षेत्र फुटबल क्लब बराह गोल्डकपको सेमिफाइनल प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.