सुनसरी । बराहक्षेत्र वडा नम्बर २ चतरामा चौथो टुबोर्ग बराह गोल्डकप फुटबल प्रतियोगिताको सुरु भएको छ । आज शनिबार भएको पहिलो उदघाट्न खेलमा आयोजक बराहक्षेत्र फुटबल क्लबले राष्ट्रिय जागृती क्लब इटहरी पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो उदघाट्न खेलमा आयोजक क्लब र राष्ट्रिय जागृती क्लबबीच भएको खेलको निर्धारित समससम्म कुनै गोल हुन नसक्दा टाइब्रेकरमार्फत खेल भएको थियो । टाइब्रेकरमा ३-५ गोल गर्दै आयोजक बराहक्षेत्र फुटबल क्लब सेमिफाइलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा बराहक्षेत्रका गोलरक्षक शौरव बरालले गरेको जागृतिको एक गोल सेभले खेल निर्णायक बनेको थियो । खेलको म्याद अफ द म्याच समेत बराल नै घोषित भए । उनलाई बराहक्षेत्र खेलकुद प्ररिषद समिति संयोजक साथै बराहक्षेत्र ४ का वडाध्यक्ष आसाराम चौधरीले नगद ५ हजार रुपैयाँसहित ट्र्फि प्रदान गरे ।
उदघाट्न कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकी उपमेयर कमला मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी बराहक्षेत्र खेलकुद प्ररिषद समितिका संयोजक साथै बराहक्षेत्र ४ का वडाध्यक्ष आसाराम चौधरी, वडा नम्बर १ का अध्यक्ष सुरेश श्रेष्ठ, वडा २ का हरिकृष्ण भट्टराईलगायत विशिष्ट अतिथी रहेको थिए । अतिथिहरुमा विभिन्न राजनीतिज्ञ, समाजसेवाीहरु थिए ।
प्रतियोगिताको बिजयी टिमलाई २ लाख १ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। यसैरी उपबिजेताले १ लाख १ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
आइतबारको खेल भने धनकुटा फुटवल क्लब धनकुटा र डाँगिहाट फुटबल क्लब मोरङ बीच हुने आयोजक क्लबका अध्यक्ष चन्द्रबहादुर मगरले बताए । खेल स्थानीय आदर्श माबीको खेल मैदानमा दिउँसो २ बजे हुने छ । प्रतियोगिता कात्तिक ९ सम्म चल्ने आयोजकले जनाएको छ ।