सुनसरीको । कोशी गाउँपालिका ४ स्थित जुद्दगंज चोकस्थित सडकबाट १० मिटर दक्षिण कासघारीमा सालनाल सहितको नवजात शिशुको शव फेला परेको छ ।
सोमबार राति करिब साढे ८ बजे रातो बुट्टे साडीले पोको पारेको अवस्थामा शिशुको शव स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए ।
खबर पाउनासाथ तत्काल अस्थायी प्रहरी पोष्ट शिवचौक कटानबाट प्रहरीको टोली खटिएको थियो । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले शवको कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमकालागी जिल्ला अस्पताल इनरुवा पठाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।