Saturday, May 2, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

बराहक्षेत्र नगरपालिकामा दमकल छ, तर चालक नहुँदा आगलागीबाट लाखौंको क्षति

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
23/10/2019
in स्थानीय
0
बराहक्षेत्र नगरपालिकामा दमकल छ, तर चालक नहुँदा आगलागीबाट लाखौंको क्षति
284
SHARES
620
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिका केही महिना अघिसम्म दमकल थिएन । नगरभित्र आगलागी भए धरान, इटहरी, इनरुवालगायतकका दमकलमा भर पर्नुपर्ने अवस्था थियो । तर बराहक्षेत्र नगरपालिकाले यो बाध्यता हटाउन करिब डेढ महिना अघि ५३ लाख रुपैयाँको खर्चमा दमकल खरिद गर्यो ।

दमकल खरिद गरेपछि बराहक्षेत्र नगरका कर्मचारीहरुलाई कसरी आगो नियन्त्रण गर्ने र कसरी दमकलबाट पानी भर्ने, पानी लगाउने जस्ता प्राथमिक कामहरु दमकल उपलब्ध गराउने कम्पनीले केही तरिका सिकाए । नगरले दमकल खरिद गर्दा सबै नगरवासी खुसी भए । आगलागी भइहाले अब धेरै क्षति नहुनेमा विश्वस्त पनि भए ।्

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

मंगलबार (हिजो) राति बराहक्षेत्र ५ कालाबन्जरदेखि तिनकुने जाने बाटो स्कुलको ब्यापारिक भवनमा रहेको होटल तथा पसलहरुमा भीषण आगलागी थियो । करिब ९ बजे आगलागी सुरु भएको थियो । आगलागी भएको देख्ने सबैले नगरको दमकलमा फोन गर्न थाले । उता नगरपालिकाबाट ‘चालक छैन’ इटहरी वा धरानबाट बोलाउनु भन्ने जवाफ आयो । यस्तो जवाफले नगरवासी निराश बने ।

इलाका प्रहरी कार्यालय भरौल तथा स्थानीयले बाहिरबाट दमकल नआउन्जेल आगो नियन्त्रणका लागि प्रयास गरिरहे । स्थानीय देबबहादुर कार्कीको होटलसँगै रहेको गोबिन्द बिष्टको होलसेल किराना पसलबाट बिजुली सर्ट भई आगो सुरु भएको स्थानीय बताउँछन् । दमकल इटहरीबाट आइपुग्दा बिष्टको र कार्कीको पसल जलेर पूर्ण रुपमा नष्ट भयो ।

सटर लगाएकोले गर्दा केहि सामन झिक्न पाएनन् । त्यस भित्र रहेको नगदसहित पेयपदार्थ, नगरिकतालगायत सम्पुर्ण सामान जलेर नस्ट भएको देबबहादुर कार्कीले बताए । ‘तिहार नजिकै गर्दा मेरो होटलमा सामानहरु थपेको थिएँ,’ उनले भने । कार्कीको करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ । होटलसँगै जोडिएको गोबिन्द बिष्टको होलसेल किराना पसल समेत जल्यो ।

यता छेउका अन्य पसलहरु भने पूर्णरुपमा जल्न पाएनन् । तथापी करिब १० लाख रुपैयाँ नोक्सान भएको स्थानीको भनाइ छ । आगलागी पीडित कार्कीले बराहक्षेत्रबाटै दमकल आएको भए यति क्षति नहुने बताए ।


आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । स्थानियवासि, नेपाल प्रहरी, सशस्त्र प्रहरी चतरा, इटहरी र धरानबाट आएको बारुण यन्त्रको प्रयासमा करिब ३ घण्टामा आगो नियन्त्रणमा आएको थियो । उता नगरले दमकल खरिद गरेको डेढ महिनासम्म पनि चालक व्यवस्था गर्न नसक्दा आक्रोशित भएका छन् ।

Tags: आगलागीक्षतिदमकलबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
जुवा तास खेल्ने १५ जना मोरङबाट पक्राउ

इनरुवाबाट तास खेलिरहेको अवस्थामा ७ पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.