रामधुनी । झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिकाे कार्यालयको भवन शिलान्यास गरिएको छ । उपभोक्ताहरुलाई सहज सेवा उपलब्ध गराउन प्रदेश सरकारको सहयोग रहनेगरी बुधबार कार्यालय भवन शिलान्यास गरिएको हो ।
रामधुनीका नगरप्रमुख जयप्रकाश चौधरीले शिलान्यास गर्दै सहयोगको प्रतिबद्धता समेत गरेका छन् । नगरमा खानेपानी उपलब्ध गराई जीवन्त प्रदानगर्ने उद्देश्य रहेकोले नगरपालिकाको कार्यालयबाट पनि लगानी रहने नगरप्रमुख चौधरीले बताए । भवन निर्माणमा अरुले कमजोरी देखाउने गरी बनाउन नहुने भन्दै कुनै त्रुटि भए सच्याएर निर्माण गर्नु पर्ने नगरप्रमुखले सुझाव दिए ।
समितिको भवन निर्माणका लागि योजना अनुसार ४२ लाख रुपैयाँ लागत लाग्ने छ । निर्माणका लागि प्रदेश सरकारबाट सुधार बिस्तार कार्यक्रम मार्फत २० लाख उपलब्ध गराएको समतिका अध्यक्ष केशिलाल चौधरीले जानकारी दिए । मिटिङ्गहल, अध्यक्ष, समिति बस्ने र काउन्टरगरी चार कोठाको भवन बनाउने प्राविधिक रितेश श्रेष्ठले बताए ।
खानेपानि समितिको कार्यालय भुकम्प प्रतिरोधात्मक भवन निर्माण हुने समितिले जनाएको छ । हाल झुम्का खानेपानी संस्थाको दुई वटा ट्यांकी रहेको छ । एउटाबाट मात्र सञ्चालन भइरहेकोमा छिटै अर्कोबाट पनि स्वच्छ खानेपानी वितरण गर्ने समितिले जनाएको छ।
नगरमा खानेपानीको पाइप बिस्तारको काम तीब्ररुपमा अघि बढाएर सेवा दिने योजनामा रहेको समितिका अध्यक्ष चौधरीले बताए । समितिले पाइपबिस्तारका लागि प्रदेश सरकारकै सहयोगमा पाइप खरिद गरिसकेको छ ।
शिलान्यास कार्यक्रममा इटहरी डिभिजन कार्यालयका प्रमोद कमार दत्त, वडा नं. ३ वडा सदस्य बिन्देश चौधरी लगायतका जनप्रतिनिधि र राजनिनितक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।