Thursday, April 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

बराहक्षेत्रको पर्यटकीय प्रचारप्रसारमा जोड दिऔं : पर्यटनमन्त्री भट्टराई

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
04/12/2019
in स्थानीय
0
बराहक्षेत्रको पर्यटकीय प्रचारप्रसारमा जोड दिऔं : पर्यटनमन्त्री भट्टराई
538
SHARES
755
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिन्दु धर्मावलम्बीको पवित्र तथा पहिलो तीर्थस्थल बराहक्षेत्रको पर्यटकीय दृष्टिकोणले पर्याप्त प्रचारप्रसार हुन नसकेको बताएका छन् ।

उनले नेपालले घोषित गरेको सन् २०२० लाई पर्यटन वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको उल्लेख गर्दै पर्यटन वर्षमा धार्मीक दृष्टिले नेपाल आउने पर्यटकहरुका लागि पूर्वको मुख्य गन्तव्य बराहक्षेत्र रहेको बताए । पर्यटन वर्षलाई लक्षित गरेर बराहक्षेत्र धाममा प्रचारप्रसारमा तीब्रता ल्याउनु पर्नेमा जोड दिदैं मन्त्री भट्टराईले भने ‘बराहक्षेत्रको थप प्रचारका लागि म माघे संक्रान्तिमा कोका नुहाउन आउने छु ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

उनले बराहक्षेत्रको कोकाहा संगममा नुहाउँदा स्वर्ग पुगिने विश्वास गरिएको बताए । मन्त्री भट्टराईले कोशी टप्पुस्थित बराहक्षेत्र ९ को वडा कार्यालय उद्घाटन समारोहमा उक्त कुरा बताएका हुन् । पर्यटन वर्षलाई लक्षित गर्दै विराटनगर बिमानस्थलको क्षमता बढाउन छलफलका लागि मोरङ आएका मन्त्री भट्टराईले पर्यटन वर्ष २०२० लाई सफल बनाउन बराहक्षेत्रको ठूलो भूमिका रहने बताउन वडा कार्यालय उद्घाटनमा आएको बताए ।

वडा ९ अध्यक्ष दिपक लिम्बुले अहिले नेपाल भ्रमण २०२० लाई सफल बनाउने तयारी चलिरहेको बेला बराहक्षेत्र पनि धार्मीक पर्यटकीय स्थल भएको हुँदा यस ठाउँको पनि प्रचारप्रसार गर्दै पर्यटकलाई आकर्षक गर्न मन्त्री भट्टराईलाई निम्त्याएको बताए ।

३ तले वडा कार्यालयको भवन १ करोड ३६ लाख ३६ हजार ६ सय ३ रुपैयाँको लागतमा निर्माण भएको हो । बराहक्षेत्र नगरपालिका बनेपछि सबै भन्दा अघि वडा ९ का अध्यक्ष लिम्बुले भवन बनाउने पहल गरेका थिए ।
उनको पहलको परिणाम स्वरुपमा नेपाल सरकार र बेलायत सरकारको सहयोगमा संचालित सामुदायिक बिकास कार्यक्रम सीडिपी÷आरआरएनको आर्थिक सहयोगमा भवन निर्माण भएको हो ।

उद्घाटन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ, नेपाल तामाङ घेडुङ संघ, नेपाल झगड उराँव गुठियारा, नेपाल मगर संघ, नेपाल सुनवार सेवा समाज, नेपाल थारु कल्याणकारी सभा, किरात राई यायोख्खा र नेपाल कबिरथ बङगाली समाज व्दारा परम्परागत जतिय झाँकी प्रदर्शन गरेका थिए ।

उक्त अवसरमा मन्त्री भट्टराईले भवनका लागि निःशुल्क जग्गा दानगर्ने ११ जना जग्गादातालाई सम्मानपत्र साथै दोसल्ला ओडाएर सम्मान गरेका थिए । सम्मानित हुनेमा तिलक लिम्बु, सिह राई, मराणोपरान्त स्वर्गिय मानबहादुर राई, केशव राई र केन्द्र प्रसाद राई रहेका थिए । उनीहरुले मिलेर ५ कट्ठा जग्गादान गरेका थिए । थप १ कट्ठा १३ धुर जग्गा दान गर्ने मीनबहादुर लिम्बु, थाम राना, केदार राई ,खेमराज राई, रबिन राई र विशाल राई पनि सम्मनित भए ।

वडाध्यक्ष लिम्बुको सभापतित्वमा भएको समारोहमा प्रदेश १ का वन तथा उद्योग पर्यटन मन्त्री जगदिसप्रसाद कुसियत, बराहक्षेत्र नगरपालिका मेयर निलम खनाल, उपमेयर कमला मगर, नेकपाका धर्मराज निरौला लगाएत सहभागी थिए ।

Tags: पर्यटनपर्यटनमन्त्रीबराहक्षेत्रयाेगेश भट्टराइ

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
‘झिंगे दाउ’मा यस्ती देखिइन् आँचल

‘झिंगे दाउ’मा यस्ती देखिइन् आँचल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.