सुनसरी । कांग्रेस सुनसरी क्षेत्र नं ४ प्रदेश सभा (क) का सभापति उपेन्द्रबहादुर कट्वालले सप्तकोसी बहुमुखी क्यापस चक्रघटीमा अध्ययन २ विद्यार्थीको एक-एक वर्षको वार्षिक शुल्क उपलब्ध गराएका छन् ।
सप्तकोसी क्यापसमा सक्रिय रहेको नेपाल बिद्यार्थी संघ एकाई समितिको संयोजकत्वमा दुई विद्यार्थीले छात्रवृत्ति स्वरुप अध्ययन शुल्क पाएका हुन् ।
हाल शिक्षा शास्त्र चौथो वर्षमा अध्ययनरत बराहक्षेत्र ६ चक्रघटीका अधिराज चौलागाई र बराहक्षेत्र ७ देबिघाट घर भएकी बाणिज्य संकाय तेस्रो वर्षमा अध्ययनरत सीता दाहालले एक शैक्षिक सत्रको १४÷१४ हजार गरि २८ हजार रुपैयाँ रकम उनले उपलब्ध गराएका हुन् ।
पढाइमा अब्बल रहे पनि आर्थिक आम्दानी न्यून भएका बिद्यार्थीहरुलार्इ उच्च शिक्षा अध्ययन गर्न सानो सहयोग गरेको कटुवालको भनाइ छ । उनले शिक्षाले नै मानिसलाइ बौद्धिक बनाउने भएकाले दक्ष बनाएर देश र समाजकालागि केही गर्न सक्कुन भनेर छात्रवृत्ति सहयोग गरेको बताए ।
आगमी वर्षहरुमा पनि क्यापस तथा नेबिसंघसंघ सहकार्य गरेर छात्रवृत्ति उपलब्ध गराउने उनले बताए । यता एक( एक वर्षको छात्रवृत्ति पाएका अधिराज र सिताले छात्रवृत्तिको सहि रुपमा सदुपयोग गर्ने बताए ।








