सुनसरी । केही दिन यता लगातार जाडो बढेसँगै बराहक्षेत्र नगरापालिकामा निःशुल्क दाउरा वितरण गर्न थालिएको छ । लगातार चिसो बढेकाले सिमान्तकृत गरिब समुदायलाई लक्षित गरी नगरपालिकाले सोमबारबाट निःशुल्क दाउरा वितरण गर्न सुरु गरेको हो ।
सोमबार वडा १० र ११ वडामा एक÷एक ट्रक्टार दाउरा बितरण गरेको निमित्त अधिकृत मनु कुमार लिम्बूले बताए । बराहक्षेत्र नगरपालिकाले वन कार्यालयसँग गतः बर्ष खरिद गरेको दाउरा यसपाली अत्यन्तै चिसो बढेकाले निम्म वर्गका परिवारलाई बिशेष प्राथमिकतामा राखेर वितरण गर्न थालेको हो ।
‘चिसोका कारण सिमान्तकृत, निम्त वर्ग प्रभावित भएका छन्, बालबालिका बृद्धबृद्धा चिसोको जोखममा परेका छन्,’ अधिकृत लिम्बुले भने, ‘चिसौ कै कारण जोखिममा रहेका कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भने निःशुल्क दाउरा वितरण गरेका हौं ।’ आवश्यकता अनुसार सबै वडामा दाउरा बितरण योजना रहेको उनले बताए । पहिले दलित बस्ती, मुसर बस्ती, गरिब समुदाय बसोबास गर्ने विभिन्न चौकहरुमा दाउरा बितरण गरिन थालेको हो ।
नगरपालिकाले वन कार्यालयमा घाटगद्धी गरिएका पुराना गोलिया काठ दाउराको रुपमा प्रयोग गर्न खरिद गरेको हो । सोही दाउरा चौक चौकमा बालेर धुनीको रुपमा आगो तापेर चिसो छल्न विकल्पका रुपमा प्रयोग गर्न नगरपालिकाले निःशुल्क वितरण गरेको हो ।
नगरपालिकाले दाउरा वितरण गरेर गरिब तथा विपन्न वर्गको लागि सर्हानीइ काम गरिेकोमा स्थानीयले कामको प्रशंसा गरेका छन् । पछिल्लो समय विशेष गरी तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ । कठ्ङग्रीदो चिसोबाट बालबालिका, बृद्धबृद्धा सिमान्तकृत समुदायका परिवार सबैभन्दा बढी प्रभावित छन् ।
तराइका कतै प्रहरी कार्यालय, कतै स्थानीय तह र कतै विभिन्न संस्थाहरुले चोकमा आगो बाल्न सहयोग गरिरहेका छन् । चिसो बढेपछि तराइका कतिपय विद्यालयमा विदा समेत दिइएको छ ।