सुनसरी । बराहक्षेत्र नगरपालिकाले सबै वडामा माटो परीक्षण गरिएको छ । कृषि उत्पादनको मुख्य कारण कृषिक्षेत्रको माटो भएकाले समस्या भए सुधारिएर जान सकिने भन्दै नगरपालिकाले माटो परीक्षण अभियान सञ्चालन गरेको हो ।
नगरका अधिकांश स्थानीय कृषि पेसामा आश्रित रहेको तथा खेतीयोग्य जमिनको उत्पादन ह्रासोन्मुख हुँदै गएकाले नगरपालिकाले कृषि शाखा कार्यालय मार्फत पुष ३ र ४ गते माटो परीक्षण उपकरण र विशेषज्ञसहितको घुम्ती भ्यान लिएर ६५ प्रकारका माटो परीक्षण गरेको हो ।
पुस ३ देखि अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ । परीक्षण गरिएका माटोका आधारमा पुस भित्र विशेष किट प्रयोगरी थप माटो परिक्षण तथा ११ वटै वडामा वडासँग समन्वय गर्दै शिविर संचालन गरिने कृषि शाखा प्रमुख हरिबहादुर खत्रीले बताए ।
उनका अनुसार आगामी आर्थिक वर्षदेखी कृषकहरुको हित तथा आवश्यकता अनुसार प्रत्येक पौष भरी माटो परीक्षण गर्ने कार्यक्रम रहेको छ ।