निशान प्रकृति थारु । सुनसरीको रामधुनी नगरपालिका वडा–१ झुम्का बजार चौकमा अवस्थित आदिवासी जनजाति पार्क व्यक्तिगत नर्सरीमा परिणत भएको छ ।
व्यक्तिगत स्वार्थ र राजनैतिक खिचातानीले सिचाईको जग्गा बनेको जनजाति पार्क नर्सरीमा परिणत भएको स्थानीयहरुले आरोप लगाएका छन् । लाखौ रुपैयाँमा लगानी गरी निमार्ण गरिएको पार्क नगरपालिकाको वेवास्ताका कारण व्यतिmगत व्यवसायिक नर्सरीको रुपमा परिणत हुँदा स्थानीय आदिवासी जनजाति चिन्तित बनेका छन् ।
रामधुनी नगरपालिकाको वेवास्ता र वडा–१ कार्यालयले बजेट वियोजन नगर्दा ओझेलमा परेको आदिवासी जनजाति महासंघ रामधुनी नगरका अध्यक्ष राजकुमार चौधरीले जानकारी दिए ।
नगरपालिका र वडालाई पटक–पटक निमार्ण कार्यमा सहयोग माग्दा वास्ता नै नगरेके चौधरीको गुनासो छ । सम्बन्धित निकायकाट सहयोग नहुँदा बाध्य भएर १८ महिनासम्मको लागि मिराज नर्सरीलाई भाडामा दिएको जानकारी दिएका छन । भाडाबाट उठाएको रकम पार्क निमार्णमै खर्च गरिने चौधरीले बताए ।
सम्झौता अनुसार मासिक रुपमा ३० हजार रुपैया भाडा नर्सरीबाट उठाउदै आईरहेको छ । यसरी जनजाति पार्क लथालिङ अवस्थामा पुग्दा नगरको पहिचानमा दाग लाग्नुका साथै आदिवासी जनजातिको अस्तित्व नै संकट परिने डर पैदा भएको स्थानीय बताउँछन् ।









