सुनसरी । बराहक्षेत्र नगरपालिका प्रवक्ता साथै बराहक्षेत्र ३ का वडाअध्यक्ष रुद्र दाहालले कार्यपालिका प्रवक्ता पदबाट राजीनामा दिएका छन् ।
बराहक्षेत्र प्रमुख खनालले बराहक्षेत्र ३ मा वडा कार्यालय बनाउन केही जग्गा व्यवसायीसँग व्यवसायिक प्रायोजनको लागि गरिएको प्लाटिङ्ग्मा वडा कार्यालय निर्माण गर्ने सम्झौताप्रति आक्रोशित हुँदै प्रवक्ताबाट राजीनामा दिएको घोषण गरेका छन् ।
यता वडा कार्यालय बनाउने विषयमा २०७६ साल वैशाख २७ गते वडा समितिले वडा कार्यालय निर्माण सम्बन्धि निर्णय तथा स्थानीय सरकारले संचालन ऎन २०७४ ले वडालाईनै वडा कार्यालय कहाँ बनाउने भन्ने अधिकार दिए पनि मेयर खनालले कुन्ठित पार्दै मेयरले गरेको निर्णय लाई खारेज नगरीकन यस कुरालाई गम्भीरतापूर्वक नलिए वडाध्यक्ष पदबाट समेत राजीनामा दिने राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
उक्त राजीनामा पत्र पुस १६ गते तयार गरेपनि वडाध्यक्ष दाहालले शुक्रबार आफ्नो सामाजिक संजालमा पोस्ट गरेर सार्वजनिक गरेका हुन्।