सुनसरी । बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ भानुचौकमा स्वास्थ केन्द्र शिलान्यास गरिएको छ । उक्त आधारभूत स्वास्थ केन्द्रको बराहक्षेत्र नगरपालिका मेयर निलम खनालले बुधबार शिलान्यास गरेका हुन् ।
अहिले नेपाल सरकारले स्वास्थ सेवामा सबैको पहुँच पुगोस् भनेर विभिन्न स्थानीय तहका वडाहरुमा स्वास्थ्य केन्द्र निर्माण अभियान अघि बढाएको छ । जस अन्तर्गत बराहक्षेत्र नगरपालिकामा पनि ४ वटा आधारभुत स्वास्थ केन्द्र परेको छ । त्यही मध्येको एक वडा ३ मा शिलान्यास गरि निर्माण कार्य सुरु गरिएको हो ।
४ वटा वडामा आधारभुत स्वास्थ केन्द्र निर्माण गर्न सबै प्रक्रिया पुरा गरि सकेको र अहिले ८, ४ र ३ नम्बर वडामा आधारभूत स्वास्थ केन्द्र सुरु भएको नगरपालिकाले जनाएको छ ।
माघ १ गते बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ भानुचौकमा ६३ लाख रुपैयाँमा नर्मदा निर्माण सेवा चतराले ठेक्का पाएको छ ।
बराहक्षेत्र ३ निवासी गोपाल राउतले वडा कार्यालय निर्माण गर्ने भनेर ६ धुर आफ्नो जग्गा बराहक्षेत्र नगरको नाममा पास गरेका हुन् । अहिले उक्त जग्गामा वडाले आधारभुत स्वास्थ केन्द्र बनाउन सुरु गरेको वडाध्यक्ष रुद्र दाहालले बताए ।
६ धुर जग्गा पास गरेर दिएको र १ कठ्ठा भन्दा धेरै रहेको सार्वजनिक जग्गा र ६ धुर गरि करिब २ कठ्ठामा ५ कोठ भवन निर्माण हुने निर्माण कम्पनीका दिपेश बस्नेतले बताए । बराहक्षेत्र वडा ९ मा भने स्वास्थ केन्द्र बनाउन बाँकी छ ।