बराहक्षेत्र । इटहरीमा रहेको माया घरलाई बराहक्षेत्र नगरपालिकाले आर्थिक सहयोग गरेको छ।
मंगलबार बराहक्षेत्र नगरपालिका मेयर निलम खनालले नगरपालिकामा माया घरले प्रस्तावना पेश गरेपछि ४० हजार रुपैयाँ प्रदान गरेको बताए ।
नगर प्रमुख निलम खनालले माया घरमा नै गएर उक्त रकमको चेक माया घर नेपालकी सचिव,शुभद्रा प्याकुरेललाई हस्तान्तरण गरेको मेयरका स्वकीय सचिव पवित्रा निरौलाले जानकारी दिइन् ।
माया घरले मा आस्रम खोलेर सडकमा बेवारिसे अवस्थामा केटाकेटी, वृद्धवृदा, मानसिक सन्तुलन गुमाएका मानिसहरुलाई पालन पोषणको व्यवस्था गर्दै आइरहेको छ ।









