रामधुनी । सुनसरीको रामधुनी नगरपालिका-१ सैनीमैनीमा अटो टेम्पो पल्टदा चालकको मृत्यु भएको छ ।
बिहीबार राति ९ बजेको समयमा सैनीमैनीस्थित भित्री सडकखण्डमा को २ ह ६२६३ नम्बरको टेम्पो आफै अनियन्त्रित भएको थियो ।
दुर्घटना हुँदा घाइते भएका चालक इनरुवा नगरपालिका-७ का ३५ वर्षीय नन्दराज खवासलाई उपचारको लागि इटहरीको एपेक्स अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।








