कोरोना भाइरस संक्रमण रोकथामका लागि घोषित लकडाउनका बेला दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने र शारीरिक अपाङगता(फरक क्षमता) भएका परिवारलाई कांग्रेस सुनसरी जिल्ला सदस्य डिल्ली कार्कीले खाद्यान्न वितरणा गरेका छन्र ।
लकडाउनको यस समयमा ज्यालादारी गरेर जीविका चलाउने कतिपय परिवारलाई समस्या भएको र यो समयमा केही भएपनि राहत होस् भन्ने उद्देश्यले रामधुनी र वराहक्षेत्र नगरपालिकाका केही परिवारलाई खाद्यान्न वितरण गरेकाे कार्कीले बताए ।
कार्कीले दैैनिक ज्यालादारीबाट हातमुख जोड्ने परिवारको दैनिकीमा सकस परेकोले उनीहरुको घरैमा प्रति परिवार १० केजी चामल र एक पोका नुन बितरण गरेका छन् ।
आइतवार रामधुनी वडा ४ का अध्यक्ष मनेस चौधरी, वराहक्षेत्र ३ कि वडा सदस्य दुर्गादेवि खरेल, नेपाली कांग्रेस नगर सहसभापति रत्नबहादुर राउत, सचिव खेम थापा, क्षेत्रिय प्रतिनिधि शिव रायमाझी लगायतको उपस्थितिमा कार्कीले राहत वितरण गरेका हुन् ।
राहत वितरण कार्यक्रम रामधुनी वडा ४ को इक्राही, वराहक्षेत्रको कुटी, खासङ् टोल, आइतवारे, शिवालय, जब्दी, राजावास, प्रकाशपुरमा गरिएको हो । उक्त स्थानका ५० परिवारले कार्कीको राहत पाएका छन् ।