थारु समुदायले परापुर्वककालदेखि मनाउँदै आइरहेको सिरुवा मेला यस बर्ष नलाग्ने भएको छ ।
विश्व भरी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस कोविड–१९ जोखिम नियन्त्रका लागि थारुको धरोहरको रुपमा रहेको शिराथान(ग्रामथान)मा लाग्ने सिरुवा मेला स्थगित गरिएको छ ।
पूर्वी जिल्लाको सुनसरी, झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, लगायतका जिल्लाहरुमा लाग्ने सिरुवा मेला स्थगित गरिएको स्थानयि तहले यस अघि नै सूचना जारी गरेर अपिल गरि सकेका छन् ।
लकडाउनलाई पूर्ण रुपमा पालना गर्ने र कोरोना भाइरस फैलिन नदिन यसलाई मध्यनजर गर्दै यस वर्षका सबै सिरुवा मेला नलाग्ने तर विधिवत रुपमा भिडभाड नगरी पूजाअर्चना गर्न सक्ने थारु कल्याणकारीणी सभाका अध्यक्ष सुरेन्द्र चौधरीले जानकारी दिएका छन् ।
सुनसरीमा प्रख्यात सिरुवा मेलाहरु मध्ये पञ्चाहैन, उब्धी, कचना इटहरी, डोरा, सिंगिया, जब्दी, डाकिन झुम्का, मधेशा, एकम्बा, जहदा, इनरुवा, कशंमरान, डुम्राहा, ढोक ,बक्लौरी, अन्रामन्ढ, नडहा, शिकारी थान, सोनापुर, चनरमैन, खनार लगायत थारुको शिराथानहरुमा वैशाख भरी धुमधाम साथ मेला लाग्ने गर्दछ ।
यी मध्ये वैशाख ८ गते सुनसरी जिल्लाको सबभन्दा ठुलो मेला जब्दी महरानी मन्दिर पकलीमा भव्य रुपमा मेला लाग्दछ ।
अन्य जिल्लामा सप्तरी, सिरहा, उदयपुर, रौटहत, बारा, पर्सा, धनुषा, चितवन, दाङ, कैलाली लगायत कञ्चनपुर जिल्लाहरुमा पनि सिरुवा मेलाहरु लाग्ने गर्दछ । साथै तराईमा वैशाख १ गते थारु समुदाय, मैथली तथा मधेशी समुदायले भव्य रुपमा आ–आफनो तरिकाले जुडशितल पर्व पनि मनाउने गर्दछ ।