नेकपाका केही सांददले आफ्नो निर्वाचन क्षेत्रका लागि साढे १३ हजार केजी चामल हस्तान्तरण गरेका छन् ।
आइतबार सुनसरी क्षेत्र न.१(ख) का सांसद भीम आचार्य, सुनसरी क्षेत्र न.१ का संघीय सांसद जयकुमार राई र १ नं.प्रदेश सांसद उमिता बराइली र अम्बिका जोसिले संयुक्त रूपमा राहत सामाग्री हस्तान्तरण गरेका हुन् । निर्वाचन क्षेत्र १ मा २७ वटा वडा छन्, जस बराहक्षेत्रका ५, रामधुनीका २ र बाँकी २० धरानका छन् । आइतबार भने बराहक्षेत्र र रामधुनीका गरि ७ वटा वडालाई हस्तान्तरण गरेको स्वकीय सचीव अनिल राजधामीले बताए ।
जसमा सबै वडागत १० केजीको प्याकेट ५० बोराको ५ सय केजीको दरले सबै वडा मा गरि १३ सय ५० बोरा हस्तान्तरण गर्ने उनले बताए । सवै वडामा गरी जम्मा १३ हजार ५ सय केजी चामल हस्तान्तरण गर्ने उनले बताए । उक्त राहत हस्तान्तरण कार्यक्रममा सांसद आचार्य, सांसद राई, सांसद बराइली र बराहक्षेत्र नगरकी उपमेयर कमला मगर, बराहेत्र नेकपा अध्यक्ष कमल कटुवाल लगायत जनप्रतिनिधि तथा कार्यकर्ताहरुको उपस्थिती थियो ।
बिपत्तिको बेलामा निमुखा मजदुर ज्यलादारी गरि खाने जनताहरुलाई केही भएपनि पनि राहत पुगोस् भनेर हस्तान्तरण गरेको राजधामीले बताए । आर्चयले भने अहिले स्थानीय सरकार प्रदेश सरकारको तर्फबाट राहत वितरण भइरहेको बेला आफूहरु पनि आफ्नो क्षेत्रमा केहि राहत दिने उद्देश्य अनुसार हस्तान्तरण गरेको बताए ।