रामधुनी । कोभिड १९ (कोरोना भाइरस) को प्रकोप न्यूनीकरणका लागि देश लकडाउनमा रहेको अवस्थामा रामधुनी नगरपालिका वार्ड नं. ८ ले राहत वितरण गरेको छ ।
लकडाउनको समयमा दैनिक ज्यालामजदुरी गर्ने तथा विपन्न परिवारलाई दैनिक जीवनयापनमा समस्या परेको भन्दै वडा ८ को कार्यालयले आइतबार र सोमबार राहत वितरण गरेको हो ।
वडा कार्यालयमा नै सामाजिक दुरी कायम गर्दै ७ सय परिवारलाई राहत वितरण गरेको वडाध्यक्ष रुद्र बस्नेतले बताए ।
वडा कार्यालयले पहिले राहत वितरण गर्ने परिवारको लागत संकलन गरेको थियो । यस अघि करिब एक महिना अघि वडा कार्यालयले चार सय ७५ परिवारलाई राहत बाँडिसकेको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकसँग सहकार्य भइरहेको र चाँडै नै भत्ता पनि वितरण गर्ने बस्नेतको भनाइ छ ।