रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ९ को कार्यालयले योजना छनोट सुरु गर्ने भएको छ ।
बिहीबार र शुक्रबार वडाका विभिन्न स्थानमा छलफल गरी योजना छनोट गर्ने वडाध्यक्षद्वारा जारी सूचनामा उल्लेख छ ।
वडाले प्रकाशित गरेको सूचना अनुसार बिहीबार २२ गते मदन चौक(सितपुर)मा बिहान ८ बजे, सोही दिन दिउँसो १२ बजे रामजानकी मन्दिर धुरहा, दिउँसो ४ बजे कदम चौक मर्चैयामा भेला हुने कार्यतालिका छ ।
त्यसै गरी शुक्रबार २३ गते बिहान ८ बजे माओवादी चौतारा डुम्राहा, सोही दिन दिउँसो १२ बजे रामजनकी मन्दिर छप्कि पोखरी र दिउँसो ४ बजे घनिराम चौधरीको घर अगाडि भेला हुन वडाध्यक्ष घनश्याम चौधरीले पत्र तथा सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् ।