बराहक्षेत्र नगरापालिका वडा नम्बर ३ को कार्यालयमा चोकचोकमा गएर बुधबार सामाजिक सुरक्षा भत्ता बितरण सुरु गरेको छ ।
चौमासिकमा पाउँदै गरेका बृद्धवृदा, एकल महिला तथा फरक क्षमता (अपाङ्गता ) भएका व्यक्तिलगायतले पाउने भत्ता जनप्रतिनिधि, कर्मचारी, मितेरी बैंकका कर्मचारीको रोहबरमा सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको वडा सचिव निलम कार्कीले बताए ।
कोरोना भाइरस अझै सामान्य नभई सकेको र यस अवस्थामा बैंकसम्म जान सहज नहुने भएकाले वृद्धवृदाहरुलाई थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले मितेरी बैंकसँगको सहकार्यमा बुधबारदेखि भत्ता वितरण गर्न थालिएको कार्कीले बताए ।
कार्कीका अनुसार बुधबार एक सय ५० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको र बिहीबार पनि नडाहा चौकमा रहेको खोप केन्द्र बाट वितरण भइरहेको छ । उनका अनुसार बराहक्षेत्र ३ को भित्र सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ५ सय जना रहेको छ ।