रामधुनी । रामधुनीको झुम्कामा नयाँ व्यवस्थापनसहितको कलेज सञ्चालनमा आएको छ । झुम्का स्थित गोल्डेन ब्रिज कलेजले कक्षा ११ /१२ का लागि होटल म्यानेजमेन्ट, शिक्षा, व्यवस्थापन र कम्प्युटर साइन्सकाे कक्षा सञ्चालनका लागि हाल भर्ना सुरू गरेकाे छ ।
रामधुनी ५ लगौना चोकमा रहेको सो कलेजले इन्टर्नसिप, व्यवहारिक शिक्षा, खेलकुद, विभिन्न तालिमसहित नियमित कक्षा सञ्चालनको योजना रहेको कलेजका हरी रायमाझीले बताए ।
‘हाल अन्य कलेजमा सञ्चालन भइरहेको कलेज जस्तो सैदान्ति कक्षा मात्र हामी सञ्चाल गर्दैनौं’ उनले भने, ‘विद्यार्थीलाई पढाइसँगै अन्य विभिन्न व्यवहारिक शिक्षा पनि चाहिन्छ, हामी पढाइसँगै इन्टर्नसिपको व्यवस्था गरेर काम गर्न सक्ने बनाउने अभ्यास सुरु गर्छौ ।’ यो सँगै कलेजले पछि लकडाउन खुलेपनि अनलाइन क्लासका विभिन्न टुल प्रयोगमा ल्याउने, कम्प्युटर, व्यक्तिगत विकासका लागि छुट्टै कक्षाहरु सञ्चालनमा ल्याउने उनको भनाइ छ ।
झुम्कामा राम्रो व्यवस्थापनसहित नयाँ विषयहरुसहितको कलेज आवश्यक्ता रहेको महसुस भएपछि पछिल्लो केहीवर्षदेखि कलेजको लागि पहल गरिरहेको उमेश थापाले जानकारी दिए । कलेज टीमले आइतबार झुम्कामा पत्रकार भेटघाट गर्दै सो जानकारी दिएको हो । ‘झुम्का आसपासका विद्यार्थीहरुले एसइइपछि गुणस्तरीय शिक्षाका लागि विभिन्न ठाउँ जानुपर्ने बाध्यता हामीले नियालिरहेको थियौं । यसले झुम्कामा एउटा राम्रो कलेज आवश्यक रहेको महसुस गरायो’ थापाले भने, ‘त्यसैले गरेर हामीले केही वर्षअघि देखि झुम्कामा कलेज स्थापनाका लागि पहल गरिरहेका थियौं ।’
रामधुनीकै विभिन्न विद्यालय अध्यापन गराउने शिक्षक, विद्यालय तथा उच्च मावि सञ्चालक, शैक्षिक क्षेत्रका विभिन्न व्यक्ति तथा रामधुनी प्याब्सनमा आवद्ध केही शिक्षकहरुको समुहले कलेज सञ्चालन सुरु गरेको हो । हाल युनिक एकेडेमीको ब्यानर(समन्वय)मा सो कलेज सञ्चालन भइरहेको कलेज टिमले जानकारी दिएको छ ।
निकै लामो समयदेखिको प्रयास र रामधुनीका शैक्षिक संस्थामा आवद्ध शिक्षकहरुकै समुहद्धारा सञ्चालित यस कलेजले रामधुनी र आसपासका विद्यार्थीलाई मध्यनजर गर्दै अध्यापन गराउने कलेज टिमका गोपाल निरौलाले जानकारी दिए । उनका अनुसार हाल कलेजले लगौना चोकबाट ५० मिटर भित्र तीन वर्षका लागि भवन भाडामा लिइसकेको छ ।
हाल लकडाउनको समयमा अनलाईन लगायतका माध्यमबाट भर्ना सुरु गरेको उनले जानकारी दिए । आगामी वर्षहरुमा थप नयाँ विषयहरु ल्याउने उनले बताए । (Advt.)