बराहक्षेत्र । सुनसरीको बराहक्षेत्रमा एक युवतीको शव फेला परेको छ ।
शनिबार बिहान बराहक्षेत्र ९ धिरहरा टपनस्थित सप्तकोशी नदीको किनारमा एक युवतीको शव नांगो अवस्थामा फेला परेको हो ।
बिहान करिब साढे ७ बजे १८/२० वर्ष उमेरको जस्तो देखिने मंगोलियन अनुहार भएकी युवतीको शव भेटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरलका प्रमुख पाण्डव राजवंशीले बताए ।
फेला परेकी युवातीको शरीरमा कपडा नभएको, अन्दाजी ५ फिट उचाई भएको र कानमा सुन जस्तो धातुको कुण्डल लगाएको शव भेटिए पनि नाम, ठेगाना खुल्न नसक्दा सनाखत हुन नसकेको राजवंशीले जानकारी दिए । का छन ।
बेवारिसे फेला परेको सो शवलाई हाल धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।








