रामधुनी । सुनसरीको रामधुनी नगरपालिका ५ लगुना चोकमा मोटरसाइकलको ठक्करबाट स्थानीय एक महिलाको मृत्यु भएको छ ।
शुक्रवार दिउँसो पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १-०२-०४१ प १४१२ नम्बरको मोटरसाईकलले रामधुनी १ की ५० वर्षीया ईन्द्रलक्ष्मी शाक्यलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि बि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारको क्रममा मत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
ठक्कर दिने मोटरसाईकल र चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।