रामधुनी । सुनसरीको रामधुनीमा लागूऔषधविरुद्ध युवाहरुले सचेतनामुलक कार्यक्रम (अभियान) सञ्चालन गरेका छन् ।
शनिबार रामधुनीका युवाहरुले झुम्कास्थित कल्पवृक्ष पार्टी प्यालेसमा लागूऔषध विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो समय लकडाउन भइरहेको र यस्तो समयमा युवा तथा विद्यार्थीहरु घरमै बस्नुपर्दा लागुपदार्थ दुव्र्यसनीमा लाग्ने जोखिम बढिरहेकाले यसलाई मध्यमजर गर्दै कार्यक्रम गरिएको अभियान्ता सन्देश कोइरालाले बताए ।
राष्ट्रिय रामधुनी क्लबद्वारा आयोजित सो कार्यक्रमलाई रामधुनी नगरपालिका वडा नम्बर ५ को कार्यालयले सहयोग र रक्षा फाउन्डेसन (सुधार केन्द्र) रामधुनी ३ ले सहकार्य गरेको थियो ।
अभियान अन्तर्गत पहिलो कार्यक्रमको रुपमा सचेतनामुलक कार्यक्रम गरेपनि सो अब निरन्तर विभिन्न कार्यक्रम गर्दै अभियानलाई अघि बढाउने क्लबका अध्यक्ष खेमराज पौडेलले बताए ।
कार्यक्रममा रामधुनीनगर क्षेत्रका करिब दुई सय जना किशोरकिशोरी तथा युवाहरु सहभागी थिए ।