रामधुनी । सुनसरीको रामधुनी झुम्कास्थित गोल्डेन ब्रिज कलेज(प्रस्तावित), युनिक एकडेमी उच्च माविका कक्षा १२ ले नयाँ विद्यार्थीलाई स्वागत गरेको छ ।
रामधुनीको रास तालमा शुक्रबार आयोजित स्वागत कार्यक्रममा कक्षा १२ का विद्यार्थीले ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको हो । कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य लगायतका कला समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको प्रमुख आकर्षणको रुपमा चर्चित बाल गायत प्रितम आचार्य रहेका थिए । उनले केही गीतले मनोरञ्जन प्रदान गरे । साथै कार्यक्रममा विभिन्न समयमा विभिन्न प्रतियोगिताहरुमा विजेता भएका विद्यार्थी तथा विद्यार्थीको समुहलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रमका अतिथिहरुले कलेज स्थापना हुनु रामधुनीका लागि गौरवको विषय भएको र रामधुनी नगरविकासमा शिक्षा विकासमार्फत कलेजले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्यावसनका केन्द्रीय सल्लाहकार शंकर थापाले भोलीका दिनमा कलेज अध्ययनस्थलको रुपमा विकास हुने र नगरको शैक्षिक विकासका लागि कलेज स्थापना हुनु सरहनीय रहेको बताए ।
युनिक एकडेमी उच्च माविको ब्यानरमा रहेको प्रस्तावित गोल्डेन ब्रिज कलेजमा विभिन्न संकायमा अध्यापन गराइरहेको छ ।