सुनसरी । सुनसरीको इटहरी उप-महानगरपालिका -५ मा आज बिहान करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
ललितपुर महाकाल गाउँपालिका ४ घर भई इटहरीको डिसहोमको कार्यालयमा कार्यरत २४ वर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको हो ।
बिहान पौने १२ बजेको समयमा डिसहोमको फाईबर तार टाँग्ने क्रममा बिद्युतको तारमा छुन गई करेन्ट लागेर घाईते भएका दुलाललाई उपचारको लागि विराटनगरको नर्सिंहहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।