रामधुनी । नेपाल तरुण दल नगर कार्यसमिति रामधुनीले झुम्का बजारमा सोमबार मास्क वितरण गरेको छ । झुम्का बजारमा मास्क नलगाई हिँड्ने सर्वसाधरणलाई सम्झाउँदै मास्क वितरण गरेको हो ।
कोभिड १९ को संक्रमणबाट सुरक्षित रहन मास्क आवश्यकता भएकाले आम सर्वसाधारणको जनस्वास्थ्यलाई मध्यनजर गरेर वितरण गरेको नगर सभापति नगेन्द्र गुरुङले बताए ।
गुरुङका अनुसार समितिले ५ सय भन्दा बढीलाई मास्क वितरण गरेको थियो ।
भावी दिनमा कोभिड संक्रमण रोकथामका लागि आवश्यकता अनुसार नगर समितिले विभिन्न जनचेतना मुलक कार्यक्रम गर्ने सचिव लेखनाथ खतिवडाले जानकारी दिए । उनका अनुसार जिल्लाकाे निर्देशनमा हरेक स्थानीय तहले सचेतनामुलक कार्यक्रम गर्दै मास्क वितरण गरिरहेकाे छ ।