रामधुनी । रामधुनी नगरपालिकाकी उपप्रमुख सविना चौधरीले आफू चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेकी छन् ।
कोभिडका संक्रमित अथवा बिरामीहरुलाई सहज होस् भन्ने उद्देश्यले गाडी अब बिरामी बोक्नका लागि प्रयोग हुने उनले बताइन् ।
जिल्लाका अन्य छिमेकी नगरहरुमा नगप्रमुखहरुले आफू चढ्ने गाडीलाई बिरामीको सेवामा प्रयोग गर्ने यस अघि नै घोषणा गरी हाल कोभिडका बिरामी बोकिरहेका छन् ।