मोरङ । खानेतेलको गिलेनमा लागूऔषधसहित विराटनगरबाट मंगलबार एक पक्राउ परेका छन् ।
विराटनगर १६ दक्षिण गेट स्थितबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ६ बजे लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका चक्रघट्टी ७ का ३२ वर्षीय कुमार मगर रहेका छन् । उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो ।
पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।