सुनसरीको पूर्व–पश्चिम राजमार्गको रामधुनि नगरपालिका वडा न १ र ५ मा पर्ने झुम्का नहरमा क्षेत्रमा गिरने छठ पुजाको तयारी अन्तिम चरणमा पुगेकाे छ ।
हरेक बर्ष कार्तिक शुक्ल पञ्चमीका दिन अस्ताउदो सुर्यलाई अर्घ दिइ रातभरी भजनकृतन गर्दै त्यसको अधिल्लो दिन अर्थात कार्तिक शुक्ल अस्ताउदो सुर्यलाई अर्घ दिएर विधिवत रुपमा सम्पन्न हुने प्रचलन रहेको छठ माता सेवा समिति रामधुनीका अध्यक्ष मिलन रौनियारले जानकारी दिए ।
उनका अनुसार छठ पर्व साझमा भजन कृतन, नदीको सरसफाई, टेण्ट लगाउने लगायतका सम्पूर्ण कार्यको तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् । “हामीले नहर सरसफाइ गरी सकेका छौ, गेट बनाउने, भजनकृतनकाे व्यस्था गर्ने, टेण्ट लगाउने लगायतका कार्य भइसकेकाे छ। तयारी अन्तिम चरणमा छ अब हामी छठ पुजाको प्रतिक्षामा छौ,” उनले भने ।
यस बर्ष छठ पर्वमा करिब ६ लाखको खर्च हुने समितिको अनुमान रहेको छ । छठ पुजामा शान्ति सुरक्षा कायम गर्न इलाका प्रहरी कार्यलय तथा झुम्का प्रहरी आस्थाइ बिटसंग समन्वय गरिएको समितिले खबरबिटलाई जनकारी दिएको छ । छैठमा भजनकृतनका लागि यस बर्ष कलकत्ताको भजन टोलीले सांस्कृतिक प्रस्तुती रहने अध्यक्ष रौनियारले जानकारी दिए ।