सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ र ५ मा रहकाे झुम्का बजारमा शनिबार हाट बजारमा छैठ पुजाका लागि भनि राखिएका पुजा सामाग्री बिक्रिका लागि राखिएको प्रसस्त देखिन्छ ।
तर अधिल्लो बर्ष भन्दा यस बर्ष छैठको रौनक अलि बढी रहेता पनि व्यापार व्यवसाय भने न्यून रहेको स्थानीय व्यापारी अजय चौधरीको भनाई रहेको छ । “अधिल्ला बर्षमा भन्दा यस बर्ष व्यापामा उपलब्धि खासै छैन् । १० प्रतिशत मात्र व्यापार छ । मान्छेकाे उपस्थिति न्युन छ ” चौधरीले भने ।
विगत लामो समय देखि रामधुनी वडा नं.१ को लागौना चौकमा माटाको दियो, कलश लगायतका सामाग्री तयार गरेर व्यापार गर्दै आएकी अनार पण्डित अधिल्ला बर्षमा बनाएको माटाको दियो, कलश विभिन्न थारीका माटाको भाडा बनाउन समय नै नपाउने गरेको छठ पर्वको समयमा यस बर्ष थोरै परिमाणमा बनाउदा विक्रि नभएकाले माटाको भाडा बनाउने कार्य खस्किदै गएको, अब यसलाई चलाउन गाह्रो भएको दुःख व्यक्त गरिन् ।
“खै यो भाडा थोरै बनाउदा समेत बिक्रि हुन छोड्यो अब यसबाट आमदानी अनि व्यापार हुने जस्तो छैन् । यसलाई चलाउन सकिन्छ जस्तो छैन् । किन्ने मान्छे नै आउदैनन्, हिजो शनिबार बजार लाग्यो तर खै अझै पनि बिक्रि कम छ । पूर्वजबाटै निरन्तर यो बनाउन थालेको अब गरिखान समस्या पर्न थाल्यो” उनले भनिन् ।